उपत्यका भित्रिएका निरोगी खसीबोकाको सिङमा रङ्ग लगाउन शुरु

उपत्यका भित्रिएका निरोगी खसीबोकाको सिङमा रङ्ग लगाउन शुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

दशैंका लागि काठमाडौं ल्याइएका निरोगी खसी-बोका, भेडा-च्याङ्ग्राको सिङमा हरियो रङ्ग लगाउन शुरु गरिएको छ । सोमबार बिहान महानगरकी उपप्रमुख हरिप्रभा खड्गी नेतृत्वमा पशु सेवा बिभाग, वाणिज्य तथा आपूर्ति बिभाग, खाद्य तथा गुण नियन्त्रण विभाग लगायत कार्यालयका प्रमुख तथा प्रतिनिधिसहित कलंकी खसी बजार पुगेर रङ् लगाउन शुरु गरिएको थियो ।

त्यस क्रममा उपप्रमुख खड्गी, पशु सेवा बिभागका महानिर्देशक डा. बंशी शर्मा र वडा १४ की अध्यक्ष शोभा सापकोटाले च्याङ्ग्राका सिङमा हरियो रंग लगाउनु भएको थियो । मासुजन्य परिकारलाई स्वस्थ्य बनाउन महानगरपालिकाले पशु स्वास्थ्य जाँच र बजार अनुगमनलाई एकैसाथ तीब्र बनाएको हो । यसै क्रममा कलंकीको चौपाया विक्री केन्द्रको निरीक्षण पनि गरियो ।

अनुगमन गर्ने उपप्रुख हरिप्रभा खड्गीले खाद्यबस्तुको उत्पादन, ढुवानी, भण्डारण र बिक्रीसम्मका सबै चरणमा खबरदारीको जरुरी देखाउँदै, मौसमी अनुगमनबाट बजार व्यवस्थापन गर्न झन जटिल भएको बताउनुभयो । बजार निरीक्षणका क्रममा चौपाया खरिद बिक्री सेवा संघ र काठमाडौं चौपाया खरिद बिक्री कम्पनीका अधिकारीसँग पशु उत्पादन हुने क्षेत्र, ढुवानी गर्ने बिधि, ढुवानीकर्ताका दुःख सुख , विक्री व्यवस्थापक र उपभोक्ताका सवालमा कुरा गरिएको थियो ।

काठमाडौंमा कुनै रोगी खसी बोका, भेडा च्याङ्ग्रा आउँछ भन्ने हामीलाई लाग्दैन । पशु स्वास्थ्यका बिषयमा टिप्पणी गर्दै पशु सेवा बिभागका महानिर्देशक डा. बंशी शर्माले भन्नुभयो– रोगी भेटिए ढुवानी हुनु अघि नै रोकिने गरेको बताउनुभयो । पशु ढुवानी गर्ने क्रममा बिरामी नदेखिएका तर बाटोमा आउँदा बिरामी परेका चौपायाको स्वास्थ्य अवस्था के हो भनेर काठमाडौंमा स्वास्थ्य परीक्षण गरिने हो, महानिर्देशक शर्माको भनाइ थियो ।

महानगरले पशु सेवा बिभागसँग समन्वय गरेर अब स्वस्थ चौपायाको सिङमा हरियो र खान प्रयोग गर्न नमिल्ने खसीको सिङमा रातो रङ् लगाउनेछ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo