काठमाडौँ,
संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा सडक दुर्घटनामा परी सोमबार बिहान ६ जना नेपालीसहित ८ जनाको ज्यान गएको छ । दुर्घटना परी अन्य ६ जना घाइते छन् । घाइतेहरु भने नेपाली नागरिक होइनन् ।
दुबईको मोहम्मद विन जायद सडकमा नेपाली कामदारलाई बोकेको माइक्रो बस लरी ट्रकमा ठोक्किदा उनीहरुको ज्यान गएको हो।
नेपाली दूतावासका अनुसार मृत्यु हुने नेपाली कामदारको नाम खुले पनि ठेगाना खुलिसकेको छैन । मृत्यु हुनेमा दीपक बिक, नयराम साउद, नारायणप्रसाद पोखरेल, कृष्णबहादुर पुन, दानबहादुर सत्याल र रमेश चौधरी रहेका छन् । ती नेपाली सबै सुरक्षागार्ड हुन् । उनीहरु फस्ट सेक्युरेटी कम्पनीमा काम गर्थे।
कान्तिपुरबाट





























प्रतिक्रिया