काठमाडौं,
इतिहास केवल इतिहास हो जुन कहिल्यै वर्तमान बन्न सक्दैन । जसले इतिहास देख्यो र भोग्यो ऊ इतिहासको साक्षी हुन्छ । वर्तमान पुस्ताले इतिहास त भोग्न पाउँदैनन् तर उनीहरू ऐतिहासिक क्षण देख्न भने लालायित हुन्छन् ।
नेपालको इतिहास पल्टाउने हो भने यहाँँ मानिसहरूको बसोबास कम्तीमा पनि ९ हजार वर्ष पहिलेदेखि हुँदै आएको छ । यो समयावधि बीच विभिन्न राजनीतिक, सांस्कृतिक, भौगोलिक तथा समाजिक परिवर्तन भए । यी घटनाहरुको प्रमाण हामीले पढ्ने शास्त्र, पुरानो पुस्ताका मानिसहरूले भन्ने कहानी र सुनिँदै आएका कथा मात्र हुन् ।
तर जब फोटोग्राफीको विकास भयो । त्यतिबेलाका ऐतिहासिक क्षण कैद भएर बस्न थाले । त्यस्ता तस्बिरले हामीलाई त्यही क्षणसम्म डो¥याउँछन् । र, विगतको नेपालको भुगोल, जनजीवन र सम्पदाहरू कस्ता थिए भनेर जानकारी प्रदान गर्छन् । हामीले केही त्यस्ता तस्बिरहरूसंकलन गरेका छौँ, जुन ऐतिहासिक छन् । यी तस्बिर हामीले गुन्द्रुकपोस्ट, ओल्ड फोटोज् अफ नेपाल, ओल्ड नेपाल फोटो एन्ड इमेजेज लगायतका साइटबाट साभार गरेका हौँ । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया