नेपाल दक्षिण एसियाकै पहिलो खुल्ला दिसामुक्त मुलुक घोषणा

नेपाल दक्षिण एसियाकै पहिलो खुल्ला दिसामुक्त मुलुक घोषणा

केन्द्रबिन्दु
0
Shares

नेपाल खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ ।  खानेपानी तथा सरसफाई मन्त्रालयको आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओलीले खुल्ला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन् ।

सरकारले  दक्षिण एसियामा खुल्ला दिसामुक्त राष्ट्र घोषणा गर्ने पहिलो मुलुक भएको जनाएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय झण्डा फहराउनुका साथै आतिसबाजी गरिएको थियो ।

घोषणा कार्यक्रममा मन्त्री मोहम्मद इस्तियाक राई, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादव, प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेललगायत सहभागि थिए ।

नेपालमा २०६८ सालमा सरसफाइ गुरुयोजना निर्माण भई कार्यान्वयनमा आएपछि सरसफाइ अभियान सुरु भएको थियो  ।नेपाल खुल्ला दिसामुक्त सचिवालयको तथ्याङ्क अनुसार अहिलेसम्म ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालय निर्माण भइसकेका छन् । समितिको तथ्याङ्क अनुसार प्रदेश १ मा ९ लाख ६५ हजार २७२ र प्रदेश २ मा ९ लाख ३३ हजार ६ सय ४९ घरधुरीमा शौचालय बनेका छन् । त्यस्तै प्रदेश ३ मा १६ लाख २२ हजार १९३, गण्डकी प्रदेशमा ५ लाख ४८ हजार २१०, प्रदेश ५ मा ७ लाख ९३ हजार ९९०, कर्णाली प्रदेशमा ३ लाख सात हजार ९६५ र सुदूरपश्चिम प्रदेशमा ४ लाख ८९ हजार १२ घरधुरीमा शौचालय बनेका छन् ।

नेपाल खुल्ला दिसामुक्त जिल्ला घोषणा कास्कीबाट शुरु भएको थियो।

कुन जिल्लामा कहिले ?

कास्की : २०६८ साल असार १० गते

चितवन : २०६८ असोज ६ गते

तनहुँ : २०६९ साउन ३ गते

म्याग्दी : २०६९ असोज २३ गते

प्युठान : २०६९ चैत्र १६ गते

पर्वत : २०६९ चैत्र ३१ गते

अछाम : २०७० वैशाख १२ गते

कालिकोट : २०७० जेठ २६ गते

मकवानपुर : २०७० साउन ४ गते

भक्तपुर : २०७० कार्तिक १८ गते

मुस्ताङ : २०७० मंसिर १४ गते

पाँचथर : २०७० माघ १२ गते

बाग्लुङ : २०७० माघ १६ गते

दाङ : २०७१ जेठ २३ गते

डडेलधुरा : २०७१ जेठ २४ गते

बाजुरा: २०७१ मंसिर १२ गते

अर्घाखाँची: २०७१ मंसिर १३ गते

रुकुम: २०७१ पुस ७ गते

रुकुम पूर्व : २०७१ पुस ७ गते

गोरखा : २०७१ पुस १६ गते

जाजरकोट : २०७१ पुस १८ गते

धनकुटा : २०७१ पुस ३० गते

लम्जुङ : २०७१ माघ २४ गते

इलाम : २०७१ फागुन १४ गते

बर्दिया : २०७२ जेठ २९ गते

दैलेख : २०७२ असार ७ गते

नवलपरासी : २०७२ असार १५ गते

गुल्मी : २०७२ असार २६ गते

रोल्पा : २०७२ पुस ९ गते

सुर्खेत : २०७२ पुस १४ गते

तेह्रथुम : २०७२ पुस १६ गते

बझाङ : २०७२ पुस १६ गते

स्याङजा : २०७२ पुस २५ गते

उदयपुर : २०७२ माघ १३ गते

जुम्ला : २०७२ फागुन २० गते

खोटाङ : २०७३ जेठ ७ गते

ताप्लेजुङ: २०७३ जेठ ३१ गते

सल्यान : २०७३ असार १७ गते

बैतडी : २०७३ असार २८ गते

मनाङ : २०७४ असार १७ गते

डोटी:  २०७४ असार २८ गते

ओखलढुङ्गा : २०७४ असार २८ गते

डोल्पा : २०७४ कार्तिक ९ गते

हुम्ला : २०७४ मंसिर १८ गते

कञ्चनपुर : २०७४ पुस ७ गते

रसुवा : २०७४ पुस १६ गते

सिरहा : २०७४ चैत्र ९ गते

सप्तरी : २०७४ चैत्र २१ गते

पाल्पा : २०७४ चैत्र २४ गते

सिन्धुली: २०७५ वैशाख १३ गते

दार्चुला : २०७५ वैशाख २५ गते

कैलाली : २०७५ वैशाख ३० गते

ललितपुर : २०७५ जेठ २७ गते

रामेछाप : २०७५ जेठ २७ गते

संखुवासभा : २०७५ जेठ २८ गते

मुगु : २०७५ जेठ २८ गते

सुनसरी : २०७५ असार १९ गते

बाँके : २०७५ असार २८ गते

नुवाकोट:  २०७५ असार २८ गते

रुपन्देही : २०७५ पुस ६ गते

झापा: २०७५ पुस १३ गते

रौतहट: २०७५ पुस १४ गते

धादिङ : २०७५ चैत्र २४ गते

काभ्रेपलाञ्चोक : २०७६ असार १३ गते

मोरङ: २०७६ साल असार २१ गते

दोलखा:  २०७६ भदौ १२ गते

सिन्धुपाल्चोक: २०७६ भदौ २० गते

बारा : २०७६ भदौ २७ गते

पर्सा : २०७६ भदौ २८ गते

सर्लाही: २०७६ भदौ ३० गते

धनुषा : २०७६ भदौ ३० गते

महोत्तरी: २०७६ भदौ ३१ गते

कपिलबस्तु : २०७६ भदौ ३१ गते

काठमाडौं : २०७६ भदौ ३१ गते

सोलुखुम्बु : २०७६ असोज ३ गते

भोजपुर : २०७६ असोज ४ गते ।

Logo