सात लाख मानिस उपत्यकाबाट बाहिरिए

सात लाख मानिस उपत्यकाबाट बाहिरिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

बडादशैंं आइतबारदेखि शुरू भएसँगै सो चार्ड मान्न गाउँ जानेको सङ्ख्या बढ्न थालेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार सार्वजनिक गरेको पछिल्लो तथ्यांंक अनुसार असोज ५ गतेदेखि ११ गतेसम्म झन्डै ६ लाख ८९ हजार ५ सय ७१ जना उपत्यकाबाट बाहिरिइसकेका छन् । पछिल्लो २४ घन्टाको तथ्यांकले भने १ लाख १२ हजार ६ सय ८१ जना काठमाडौंबाट गाउँ गएको देखाएको छ।

यस्तै ८८ हजार ८० सवारीसाधन उपत्यकाबाट बाहिरिएको सोही तथ्यांकले देखाएको छ। महाशाखाका प्रवक्ता रविकुमार पौडेलले यो सङ्ख्या क्रमशः बढ्दै जाने भएकाले सार्वजनिक गरिने बताउनुभयो ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo