पूर्वप्रधानन्यायाधीश उपाध्यायको अन्त्यष्टि

पूर्वप्रधानन्यायाधीश उपाध्यायको अन्त्यष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको पार्थिव शरिरलाई आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

केही समय अघिदेखि फोक्सोको क्यान्सरको उपचार गराइरहनु भएका उपाध्यायको चाबहिल–मैँजुबहालस्थित आफ्नै निवासमा गए राति निधन भएको हो । उहाँ ८२ वर्षका हुनुहुन्थ्यो ।

प्रारम्भका केही दिन गोरखापत्र संस्थानमा काम गर्नुभएका उपाध्याय वि.सं २०२० देखि न्याय सेवामा प्रवेश गर्नुभएको हो । जिल्ला न्यायाधीश, अञ्चल न्यायाधीश, क्षेत्रीय न्यायाधीश हुँदै उहाँ सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुनुभएको थियो ।

Logo