नेपालमाथि कसैको दवाव छैन्: अमेरिका

नेपालमाथि कसैको दवाव छैन्: अमेरिका

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालका लागि अमेरिकी राजदुत र्‍याण्डी बेरीले नेपालमाथि कसैको दवाव वा प्रभाव हेर्न नचाहेको बताएका छन् । राजदुत बेरीले नेपाल कसैको पक्षमा नभई नेपालकै पक्षमा उभिएको र उभिनै रहने विश्वास पनि व्यक्त गरे ।

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालमा अमेरिकी कूटनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले अमेरिकाले अघि सारेको ‘इन्डो–प्यासिफिक स्ट्राटिजी’ मा नेपालले आवश्यक्ता महसुस गरे सहभागी हुन सक्ने बताए । तर त्यसका लागि नेपालमाथि आफ्नो मुलुकले कुनै पनि प्रकारको दवाव वा प्रभाव केही पनि नदिने राजदुत बेरीको भनाई थियो ।

चीनले अघि सारेको ‘बिआरआई’ अवधारणामाथि नेपालमा बहस भईरहेका बेला अमेरिकी राजदुत बेरीले आफ्नो मुलुकले पनि इन्डोप्यासिफिक क्षेत्रको हितका लागि ‘इन्डो–प्यासिफिक स्ट्राटिजी’ अघि सारेपनि सो रणनीतिमा नेपाललाई साझेदार बन्न दवाव नदिने प्रष्टयाए ।

उनले अमेरिकाले नेपाल चीन, भारत, अमेरिका वा अन्य देशको पक्षमा नभई आफ्नै पक्षमा उभिएको हेर्न चाहेको पनि स्पष्ट पारे । दुई मुलुकबीचको सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको स्मरण गराउँदै राजदुत बेरीले नेपाललाई अमेरिकी सरकारले हरेक वर्ष सहयोग गर्दै आएको पनि स्मरण गराए ।

यस वर्ष पनि अमेरिकाले सहयोग स्वरुप मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियोजना अन्तरगत नेपाललाई ५० अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने राजदुत बेरीले बताए । उनले नेपालको गरिवी निवारण र आर्थिक विकासमा सहयोग पु¥याउने अमेरिकी सरकारको लक्ष्य रहेको पनि बताए ।

राजदुत बेरीले नेपाल भूपरिवेष्ठित मुलुकका रुपमा स्वतन्त्र र सार्वभौम मुलुक रहेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउन आफ्नो मुलुक सदा सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।

राजदुत बेरीले दुई मुलुकबीचको सम्बन्धलाई अझ मजदुत बनाउन उच्चस्तरको राजनीतिक भ्रमण भईरहेको र भविष्यमा समेत भईरहनै रहने पनि बताए । उनले नेपालमा भुटानी शरणार्थी व्यवस्थापनमा अमेरिकाले सहयोग गरेको स्मरण गराउँदै अन्य क्षेत्रको पनि पहिचान गरी सहयोग उपलब्ध गराउने योजना रहेको बताए ।

Skip This
Skip This
Logo