४५ बालबालिकाको उद्धार

४५ बालबालिकाको उद्धार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट ४५ सडक बालबालिकाको उद्धार गरिएको छ। राष्ट्रिय बाल अधिकार परिषद्को नेतृत्वमा बालबालिका खोजतलास समन्वय केन्द्रसहितको टोलीले बुधबार राति ४५ बालबालिकाको उद्धार गरेको हो।

बालबालिका खोजतलास समन्वय केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले राजधानीमा फैलिरहेको डेंगु र स्क्रब टाइफस रोगको जोखिममा सडक बालबालिका नपरून् भन्ने हेतुले उनीहरूको उद्धार गरिएको जानकारी दिनुभयो।

‘सडक बालबालिकाको उद्धार नियमित काम नै हो तर अहिले डेंगु र स्क्रब टाइफस जस्ता रोगहरूको जोखिम छ’, उहाँले भन्नुभयो– ‘सडक, गल्ली, फोहोर र खोलाका किनारमा बस्ने सडक बालबालिका झन् जोखिम हुने भएकाले उद्धार गरिएको हो।’

परिषद् र केन्द्रसहितको टोलीले रत्नपार्क, न्युरोड, वसन्तपुर, जैसीदेवल, ठमेल, दरबारमार्ग, पुल्चोक लगायतका स्थानबाट ३० बालक र १५ बालिकाको उद्धार गरेको छ। ती ३ देखि १८ वर्ष उमेर समूहका बालबालिका रहेको जनाइएको छ।
नेपाल समाचारपत्रबाट

Logo