सरकारले एसिडपीडित जेनी खड्का र सीमा खातुनलाई जनही ३ लाख रुपैयाँ दिने भएको छ।
गत असोज ७ गते बसेको मन्त्री परिषदको निर्णय सार्वजनिक गर्दै संचारमन्त्री तथा सरकारक प्रवक्ता गोकुल बास्कोटाले एसिडपीडित खड्का र खातुनलाई सहयोग गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
खातुनको अहिले काठमाडौँको कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टरमा उपचार भइरहेको छ। यस अघि उनको उपचारका लागि प्रदेश नं २ सरकारले पाँच लाख सहयोग गरेको थियो । मुस्कानमाथि एसिड प्रहार गर्ने मजिद आलम अहिले प्रहरी नियन्त्रणमा छन्।
त्यस्तै दोलखा डाँडागाउँ माकु–४ की २० वर्षीया जेनी खड्कामाथि सँगै बस्न नमानेको भन्दै काभ्रे नमोबुद्ध–४ फूलबारीका विष्णु भुजेलले एसिड प्रहार गरेका थिए ।





























प्रतिक्रिया