नेपालीहरूको महान चाड दशैं र तिहार नजिकिँदै गर्दा सबैले केही न केही योजना पक्कै पनि बनाएका हुन्छन् । कसैको घुम्न जाने सोच होला, कसैले कुनै विशेष वस्तु किन्ने सोच पनि बनाएका होलान्, अनि कसैले खानपानमा विशेष तरिकाले रमाउने विचार पनि गरेका होलान् । अझ कसैकसैले त यही अवसर छोपेर नयाँ सवारी साधान किन्ने योजना बनाएका पनि हुन्छन् ।
विशेष गरी यी चाडपर्वका अवसरमा सवारीसाधन कम्पनी तथा डिलरहरूले धेरै किसिमका अफर सार्वजनिक गर्दछन् ।
एकातिर बोनस, भत्ता, दशैं खर्च आदि आउने र आम्दानी बढ्ने अनि अर्कातिर सवारी साधनमा ठूलो छुट पाइने ! अनि यस्तो बेलामा नकिनेर कहिले किन्ने ? त्यसैले त स्कुटी, मोटरसाइकल, कारजस्ता सवारी साधनको खरिदबिक्री यो समयमा वृद्धि हुने तथ्यांक पनि छ ।
यसपालि पनि धेरैजनाले विभिन्न सवारीसाधन किन्ने सोच बनाएका हुन सक्छन् । उक्त कुरालाई मध्यनजर गर्दै हामीले दशैं र तिहारमा कुन सवारीसाधन कम्पनीले कस्तो खालको अफर प्रदान गरेका छन् भन्ने विषयमा एक रिपोर्ट तयार पारेका छौँ ।
होन्डा
होन्डाले ‘होन्डा ह्विल अफ फर्च्युन’ ल्याएको छ । जसअन्तर्गत कुनै पनि मोटरसाइकल, स्कुुटर वा कारको खरिद गर्दा विभिन्न अफरहरू प्राप्त गर्न सकिन्छ । होन्डाको बाइक खरिद गर्दा स्क्रयाच कुुपनमा १ लाख रुपैयाँसम्मको नगद छुुट, ४,५०० बराबरको १० एक्स्ट्रा फ्री सर्भिस कुपन र ५ वर्षका लागि स्पेयर्स पार्टसमा १० प्रतिशत छुट प्रदान गरिएको छ । त्यसैगरी होन्डाको बिग बाइकको स्क्रयाच कुुपनमा ३० हजारसम्मको नगद उपहार प्रदान गरिने बताइएको छ । होन्डा कस्टमर केयरका अनवेश चन्द्र गुुरुङ्गका अनुसार बिग बाइक अन्तर्गत एक्स आर १५० र १९०, सीबीआर २५० आर, सीबीआर ६०० आर आर र ६५० एफ गरी विभिन्न १४ ओटा मोडल पर्छन् ।

साथै होन्डाको टोल फ्री नम्बरमा कल गरी दर्ता गर्दा २ सय जनाले १० लाख रुपैयाँसम्मको दुुर्घटना बिमा र २ जनाले थाइल्याण्ड भ्रमण गर्ने अवसर पाउनेछन् । बम्पर उपहारतर्फ लक्की ड्र मार्फत हरेक हप्ता ह्विल अफ फच्र्युन ३ मा सहभागी भई १० जनाले १० लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाउनेछन् । त्यसैगरी होन्डाको कार खरिद गर्दा रु ५० हजार रुपैयाँसम्मको नगद छुट, १ वर्षको कम्प्रेहेन्सिभ बिमा, २० हजार रुपैयाँसम्मको सामान, १ वर्षको निःशुल्क सडक कर र १ लाख रुपैयाँको आकर्षक एक्सचेन्ज बोनस पाउन सकिने कम्पनीले बताएको छ ।
भेष्पा/अप्रिलिया

भेष्पा र अप्रिलियाको कुनै पनि स्कुटर खरिद गर्दा यसका ग्राहकहरूले स्क्रयाच गरेर ५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको क्यास डिसकाउन्ट अथवा बन्जी जिप फ्लायरको २ वटा टिकट, १५ हजार रुपैयाँसम्मको सामग्री निःशुल्क, र बम्पर उपहारमा हरेक हप्ता १ जनालाई लक्की ड्र मार्फत हेलिकप्टरबाट अन्नपूर्ण बेसक्याम्प जान पाउने अवसर पाउनेछन् । उक्त योजना छठसम्म लागू हुनेछ ।
बजाज
‘अब कति जितिन्छ पहिल्यै देखिन्छ’ भन्ने नाराका साथ बजाजले ‘बजाज भविष्यवाणी’ नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअनुसार ग्राहकहरूले मोटरसाइकल खरिद गर्नुअगाडि र खरिद गरिसकेपछि कति रकम पाइन्छ भनेर थाहा पाउन सक्छन् । यस योजनामा सहभागी हुन ग्राहकहरूले मोटरसाइकल किन्नुअघि स्क्रयाच गर्नुपर्ने हुन्छ । योजनाअनुसार ग्राहकले मोटरसाइकल खरिद गर्नुअघि र पछि १ लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्नेछन् ।
टिभिएस
टिभिएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘दशैंको दौड’ योजना सार्वजानिक गरेको छ । उक्त अफरअनुसार ग्राहकहरूले टिभिएसको कुनै पनि स्कुटर र मोटरसाइकल खरिद गर्दा एक लाख रुपैयाँसम्मको छुट पाउनेछन् ।

त्यस्ते ग्राहकहरूले दशैं अवधिभरि टिभिएसको कुनै पनि मोडल खरिद गर्दा १०० प्रतिशत क्यास ब्याकको अफर पनि पाउन सक्नेछन् । कम्पनीले जानकारी दिएअनुसार सार्वजानिक गरिएका अफरहरू स्क्रयाच कार्ड मार्फत उपलब्ध गराइनेछ ।
सुजुकी
भीजी अटोमोबाइल्स सुजुकी दुई पांगे्र सवारीको आधिकारिक वितरकले चाडपर्वलाई मध्यनजर गर्दै ‘चचहुई’ अफर सार्वजनिक गरेको छ । यो अफरअनुसार ग्राहकले तत्काल १० हजार रुपैयाँसम्मको नगद छुट हासिल गर्ने सक्नेछन् ।

त्यसैगरी सुजुकीको कुनै पनि बाइक र मोटरसाइकल खरिद गर्दा लक्की ड्र मार्फत भर्खरै बजारमा सार्वजनिक भएको जिक्सर एस एफ २५० सीसी जित्न सक्नेछन् । कर्तिक ३० गतेसम्म चल्ने शो अफर देशभर लागू हुनेछ ।
यामाहा
नेपालका लागि यामाहाका आधिकारक वितरक एमएडब्ल्यू एन्टरप्राइजेजले ‘भिक्ट्री’ अफर सार्वजानिक गरेको छ । यस योजनाअनुसार यामाहाको बाइक र स्कुटर खरिद गर्दा ग्राहकले स्क्रयाच कार्ड मार्फत एक हजारदेखि एक लाख रुपैयाँसम्म छुट पाउनेछन् ।

साथै यस अफर अन्तर्गत यामाहाको बाइक तथा स्कुटर खरिद गर्ने एकजना ग्राहकले हरेक दिन लक्की ड्र मार्फत एक लाख नगद प्राप्त गर्ने सक्नेछन् । त्यस्तै कम्पनीले जनाएअनुसार हरेक साता एकजनालाई लक्की ड्र मार्फत आइफोन एक्सएस पनि प्रदान गरिनेछ ।





























प्रतिक्रिया