काठमाडौं । पशु सेवा विभागले दशैंलाई लक्षित गर्दै सार्वजनिक गरेको पोस्टर विवादमा आयो । ‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखिएको पोस्टर विवादमा आउनुको कारण थियो, राष्ट्रिय जनावर गाई ।
उक्त पोस्टरमा नेपालको राष्ट्रिय जनावर र हिन्दू धर्मावलम्बीले लक्ष्मी मानेर पूजा गर्ने गाईको समेत तस्वीर समावेश गरिएपछि विवादमा आएको हो । मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखिएपछि विवादित बनेको हो ।
चौतर्फी विरोध भएपछि विभागले क्षमा माग्दै सुधार गरेको छ । विभागका महानिर्देशक डा. वंशी शर्माले एक सूचना जारी गर्दै माफी मागेका हुन् । भूलवस गाईको तस्बिर पर्न गएको भन्दै विभागले क्षमा याचना गरेको हो ।
तर पोस्टरका अन्य तस्वीरहरुमा पनि विचार पुर्याइएको छैन । स्वच्छ मासु भनिएको पोस्टरमा पाठाले दूध खाइरहेको बाख्राको तस्वीर पनि राखिएको थियो । विभागले भने कुनै गलत नियत भन्दा जनचेतनाका लागि पोस्टर डिजाइन गरिएको जनाएको छ । विभागले हाल बजारमा पठाएको पोस्टर संकलन गरिरहेको छ ।






























प्रतिक्रिया