संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधन आवश्यक : गगन थापा

संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधन आवश्यक : गगन थापा

केन्द्रबिन्दु
0
Shares

गौशाला,

नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टीले संविधान रक्षार्थ संविधानलाई संशोधन गरी सर्वस्वीकार्य बनाउन चाहेको बताउनु भएको छ।

महोत्तरीको सम्सी गाउँपालिका–२ पर्सा बजारमा आइतबार आयोजित काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत कार्यकर्ता भेटघाट तथा अन्तर्क्रियामा उहाँले संविधान निर्माणका क्रममा तत्कालीन समयमा देखिएका केही कमजोरीलाई संशोधन गरी सबैको हितका लागि आफ्नो दलले संविधान संशोधन गर्न चाहेको बताउनुभयो ।

मधेशी, जनजाति लगायत असन्तुष्ट पक्षको विचार समेटेर संविधान संशोधन गर्न बारम्बार दवाब दिँदासमेत सत्तापक्षका कारण संशोधन हुन नसकेको नेता थापाले आरोप लगाउनुभयो । सांसद थापाले संविधान जारी हुने समयमा विरोध गर्ने तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संशोधनको मुद्दा लिएर सरकारमा गए पनि चुपचाप बसी जनतालाई भ्रममा राखेको आरोप लगाउनुभयो ।

Skip This
Skip This
Logo