भूटानसंग नेपाल ३–० ले स्तब्ध

भूटानसंग नेपाल ३–० ले स्तब्ध

केन्द्रबिन्दु
3
Shares

साफ यु– १८ फुटबल च्याम्पियनशीपमा भूटानसंग नेपाल ३–० ले स्तब्ध भएको छ । दुई पटकको च्याम्पियन नेपाल पहिलो चरणबाट नै बाहिरिने लगभग पक्का भएको छ ।

हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको खेलको ४० औं मिनेटमा नेपालले पहिलो गोल खान पुगेको थियो । नेपालको रक्षापंक्तिका खेलाडीको कमजोरीको फाइदा उठाउदै भूटानका यासी दोर्जीले गोल गर्न सफल भएका थिए । त्यस्तै खेलको ८६ औं मिनेटमा भूटानले पेनाल्टी मार्फत दोस्रो गोल गर्न सफल बन्यो । भूटानका खेलाडी केल्जाङ जिग्मीले गोल हान्न सफल बनेका हुन् । साथै खेलको इन्ज्योरी समयमा पनि केल्जाङ जिग्मीले नै गोल गर्दै नेपाललाई ३–० ले स्तब्ध बनाए ।

खेलको २९ औं मिनेट र ३९ औं मिनेटमा नेपालले गोल गर्ने राम्रो अवसर पाएपनि गोल गर्न भने चुकेको थियो ।

Logo