केकी अधिकारीसहितका कलाकार सवार गाडी दुर्घटना

केकी अधिकारीसहितका कलाकार सवार गाडी दुर्घटना

केन्द्रबिन्दु
0
Shares

रौतहटको कटहरिया १ मा बा २० च ५४१० नम्बरको स्कोर्पियो गाडी दुर्घटनामा भएको छ । उक्त गाडी  बिहान ४ बजे सडकबाट ६ फित तल खसेर दुर्घटना भएको हो ।

गाडीमा फिल्म निर्देशक पुर्नेन्दु झा, नायिका केकी अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी, छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायत रहेका थिए ।  दुर्घटनामा कलाकारहरुलाई  सामान्य चोटपटक मात्रै लागेको प्रहरीले जनाएको छ।  कटहरियामा सामान्य उपचार गराएपछि कलाकारहरु अहिले आराम गरिरहेका छन् ।

उनीहरु ‘घुङटामे कबले तु रहबु अधिकार अपन माङ हे बहुरिया’ लगायत ४ वटा बजिक्का भाषाका सचेतना गीतको छायाँकनका लागि त्यहाँ पुगेका थिए ।

Logo