काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि खतरा पैदा भए बघिनीको शैलीमा रक्षात्मक ढंगले सरकार प्रस्तुत हुने चेतावनी दिएका छन् ।
बुधबार सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरु जसरी पनि वातावरण विगार्ने काममा लागिरहेको उल्लेख गर्दै सरकार लोकतन्त्रको रक्षाका लागि बघिनीको शैलीमा उत्रिने बताएका हुन् ।
उनले भने, “जबसम्म आफ्ना डमरुमाथि खतरा आईपर्यो भन्ने हुदैन तबसम्म बघिनी चुपै लागेर बस्छे । डमरुमाथी खतरा पैदा भयो भने बघिनी चुप लागेर बसिन । डेमोक्रेशीमाथि, संघीय लोकतान्त्रिक गणतत्रमाथि जब सम्म खतरा आईपर्यो भन्ने कुरा हुदैन तबसम्म सरकार त्यसैगरी बघिनी जस्तै शान्त हुन्छ । लोकतन्त्रमाथि खतरा आयो भने सरकारले सहदैन । जनताको बलिदान खेर जान नदिने कुरामा सरकार प्रतिबद्ध छ ।”





























प्रतिक्रिया