काठमाडौं । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाईट तथा सामाजिक संजाल फेस बुक, ट्वीटर, इन्टाग्राम र लिङ्डईन पनि संचालनमा ल्याइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले बुधबार काठमाडौंमा एक कार्यक्रममा बीच ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सम्पूर्ण सूचनाहरु जानकारी दिने उद्देश्यका साथ तयार पारिएको सो आधिकारिक वेबसाईट तथा सामाजिक संजालका ह्यान्डलहरुको एकैसाथ शुभारम्भ गरेका हुन् ।
‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालयले तयार पारेको वेबसाईटहरुमा www.visitnepal2020.gov.np र www.visitnepalnews.gov.np रहेका छन । त्यसैगरी सामाजिक संजालहरुको ह्यान्डलहरुमा facebook-nepallifeexperiecces, Instagram-@visitnepalyear2020_official, Linkedin-@visitnepal2020-secretariat रहेका छन ।





























प्रतिक्रिया