एनसेलले ‘आयो मेरो प्लान !’ नामक नयाँ अफर ल्याएको छ ।
यो अफरमा डाटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटिइ आफैं डाटा बन्द हुने सुविधा छ। अहिलेसम्म डाटा प्याक सकिएपछि मेन ब्यालेन्सबाट पैसा काटिने व्यवस्था थियो। एनसेलले पहिलोपटक यस्तो सुविधा ल्याएको हो।
यस अफरमा विभिन्न प्याकेज सुविधा पनि घोषणा गरिएको छ। १ सय ९९ रुपैयाँमा १ जिबी डाटा र एक रुपैयाँमा एनसेल नेटवर्कभित्र कल गर्ने सुविधा उपलब्ध छ।
त्यस्तै, २ सय ९९ मा ३ जिबी डाटा प्रतिमिनेट ९९ पैसामा कल, ४ सय ९९ रुपैयाँमा प्रतिमहिना ६ जिबी र ८० पैसा प्रतिमिनेट कल, ७ सय ९९ मा १५ जिबी डाटा र ७० पैसामा कल र ९ सय ९९ रुपैयाँमा २५ जिबी डाटा र ५० पैसामा कल गर्ने सुविधा उपलब्ध छन्।
यो अफरका सबै प्याक ३० दिनसम्म मान्य हुने एनसेलले जनाएको छ ।





























प्रतिक्रिया