नेपालमा विगत तीनदेखि देखि लगातार भूकम्प गइरहेको छ। आज (मंगलबार) बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको हो। आज लम्जुङको नौथार आसपास केन्द्र भएर ४.५ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यस अघि सोमबार राति ८ बजेर १८ मिनेटमा ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यो भूकम्पको केन्द्रबिन्दु नेपाल भारत सीमाक्षेत्र सुवा आसपास परेको थियो। भूकम्पको धक्का बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा लगायतका जिल्लामा महसुस गरिएको थियो।

त्यस अघि आइतवार बिहान १० बजेर ५४ मिनेट जाँदा हुम्लाको लिमी केन्द्रबिन्दू भएर भूकम्पको धक्का महशुस भएको थियो ।






























प्रतिक्रिया