पाँच महिनामा विपदका घटनाबाट २७१ जनाको मृत्यु

पाँच महिनामा विपदका घटनाबाट २७१ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

पाँच महीनाको अवधिमा विपद्का घटनामा परी २७१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार ०७६ वैशाख १ देखि भदौ २९ गतेसम्ममा विपदमा परी सो सङ्ख्यामा मृत्यु भएको हो । यस्तै ६४६ जना घाइते भएका छन् भने ७६७ व्यक्ति विस्थापित भएका छन् ।

घटनामा परी एक हजार ६३ चौपाया मरेका छन् । चार हजार ६०७ घर डुबानमा परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता उमेशराज जोशीले विपद्का घटनाको उद्धारका लागि पाँच महीनामा १६ हजार प्रहरी जनशक्ति परिचालन गरेको जानकारी दिनुभयो ।

पाँच महीनाको अवधिमा १५ पुलमा क्षति, एक हजार ७६१ घर, २१७ गोठ र ७४ सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्का घटनाबाट दुई अर्ब ४२ करोड ५५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

सहप्रवक्ता जोशीले यस वर्ष अचानक विपदमा परेका सबै व्यक्तिको सफल उद्धार गरिएको जानकारी दिनुभयो । नेपाल प्रहरीले वि.सं ०६८ मा विपद् व्यवस्थापन महाशाखा स्थापना गरी हाल देशभरका सातै प्रदेशमा शाखा स्थापना गरी उद्धार गर्दै आइरहेको छ ।
रासस

Logo