बाल दिवसमा बालबालिकाहरुको विजनेश, व्यथा र रमाइलो (भिडियो रिपोर्ट)

बाल दिवसमा बालबालिकाहरुको विजनेश, व्यथा र रमाइलो (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

आज राष्ट्रिय बाल दिवस । विद्यालयहरूमा विभिन्न कार्यक्रम भइरहेका छन् । कुनै विद्यालयमा बालबालिका रमाउँदै गीत गाइरहेका थिए भने कुनै विद्यालयभन्दा टाढा आफ्नै गीतमा रमाउँदै थिए । उनीहरूलाई बाल दिवसले छोएकै थिएन ।

अन्तर्राष्ट्रिय श्रम संगठनको पछिल्लो रिपोर्टअनुसार २ लाख ८६ हजार बालबालिका श्रम गर्न बाध्य छन् । तीमध्ये २९ दशमलव ६ प्रतिशत उद्योगमा श्रम गर्छन् । धेरै बालबालिका घरेलु कामदारका रूपमा काम गर्छन् । यातायात क्षेत्र पनि त्यत्तिकै बालश्रम हुने क्षेत्र हो ।

काठमाडौंको सडकमा त चोकचोकमा बालश्रम भइरहेको देख्न सकिन्छ । कतै गाडीको ढोका ढक्ढक्याइरहेको बालक देखिन्छ भने कतै बालबालिकाहरू पानी बेचिरहेका छन् । कोही होटलमा भाँडा माझ्न व्यस्त छन् भने कोही कटन क्यान्डी बेचिरहेका छन् त्यो पनि डरै डरमा । आफू सरहका बच्चा आएर लुटेर खाइदिन्छन् । लुट्ने र लुटिने दुवै बिचराहरू अन्धकारमा छन् ।

काम फरक फरक भए पनि सबैमा समानता देखिन्छ । त्यो हो सबै शिक्षाको ज्योतिबाट बञ्चित छन् । राष्ट्रिय बाल दिवसको सन्दर्भमा हामीले अधिकारविहीन बालबालिकाहरुसँग कुराकानी गरेका छौँ ।

थप भिडियोमा  

Logo