जब बेलायती पूर्वप्रधानमन्त्रीको घरमा भएको सुनको ट्वाइलेट चोरी भयो…!

जब बेलायती पूर्वप्रधानमन्त्रीको घरमा भएको सुनको ट्वाइलेट चोरी भयो…!


लण्डन,

सुनका गहना चोरी भएको समाचार त आइरहन्छन् । इङ्ल्याण्डमा भने सुनको ट्वाइलेट नै चोरी भएको खबर सार्वजनिक भएको छ । इङ्ल्याण्डको अक्सफोर्डसायरस्थित ब्लेनहेइम प्यालेसबाट सुनको ‘कमोड’ चोरी भएको हो ।

समाचार अनुसार बेलायतका पूर्व प्रधानमन्त्री विन्स्टन चर्चिल जन्मिएको घरमा १८ क्यारेटको सुनको कमोड राखिएको थियो । उक्त ट्वाइलेट इटालियन कलाकार माउरिजिओ क्याटलानले प्रदर्शनीका लागि राखेका थिए ।

जुन यही बिहीबार सर्वसाधारणका लागि खुला गराइएको थियो । थेम्स भ्याली प्रहरीका अनुसार उक्त ट्वाइलेट शनिबार बिहान ५ बजे चोरी भएको हो । घटनापछि ६६ वर्षीय एक पुरुष चोरसँग साँठगाँठ भएको भन्दै पक्राउ परेका छन् । उक्त ट्वाइलेट ब्लेन्हेम प्यालेसभित्र विन्स्टन चर्चिल जन्मिएको कोठाको अर्कोपट्टीको कोठाभित्र राखिएको थियो ।
एजेन्सी

Logo