काठमाडौं,
दुई महिनादेखि फैलिएको डेंगु संक्रमणका कारण देशभरमा सात जनाको मृत्यु भएको छ। पछिल्लो पटक मंगलबार साँझ विराटनगरका १८ वर्षीय अविनाश शर्माको मृत्यु भएसँगै डेंगुबाट मृत्यु हुनेको संख्या सात पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार यसअघि काठमाडौंमा दुई, चितवनमा एक, सिन्धुपाल्चोकमा एक, डोटीमा एक र सुनसरीमा एकजनाको मृत्यु भइसकेको छ। शर्मासहित दुई महिनाको अवधिमा सातजनाको मृत्यु भएको हो।
सबै मृतकहरूको मृत्युको विस्तृत कारण अहिलेसम्म संकलन हुन सकेको छैन । मृतक शर्मालाई सात दिनदेखि ज्वरो आएको र उनको रगत परीक्षण गर्दा डेंगु पोजिटिभ देखिएको थियो । उनको डेंगु ज्वरो देखिएको सात दिनमै मृत्यु भएको हो।
महाशाखाका अनुसार दुई महिनाको अवधिमा डेंगु परीक्षण भएकामध्ये पाँच हजार ९५ जनामा डेंगु पोजिटिभ प्रमाणित भइसकेको छ । जसमा सबैभन्दा बढी प्रदेश तीनमा डेंगु प्रमाणितको संख्या तीन हजार १२६ पुगेको छ । त्यसपछि गण्डकी प्रदेशमा नौ सय ७२ र त्यसपछि प्रदेश एकमा आठ सय ३१ रहेको छ। स्वास्थ्य संरचनामा आएको परिवर्तन र कतिपय अस्पतालले पूर्ण तथ्यांक पठाउन नसकेकाले अहिलेसम्म यकिन तथ्यांक प्राप्त हुन नसकेको महाशाखाका पदाधिकारीको भनाइ छ।
नागरिकबाट































प्रतिक्रिया