संविधान दिवस भव्य बनाउन सङ्घीय मन्त्रालयको आग्रह

संविधान दिवस भव्य बनाउन सङ्घीय मन्त्रालयको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ३ गते संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा भव्यताका साथ मनाउन सबै स्थानीयतहलाई आग्रह गरेको छ ।

असोज २, ३ र ४ गते महानगर, उपमहानगर, नगरपालिका गाउँपालिका र जिल्ला तहमा संविधानसँग सम्बन्धित जनजागरण कार्यक्रम गरी भव्यरूपमा मनाउन सबै स्थानीय तहलाई परिपत्र गरेको हो ।

असोज २ गते उपत्यकाभित्रका स्थानीयतह र सरकारी कार्यालयले आफ्नो क्षेत्रमा राष्ट्रिय झण्डा र ब्यानरले नगर सजाउने, सरकारी कार्यालयले आआफ्नो कार्यालय परिसर सबैको घरघरमा सरसफाइ र दीपावली गर्ने, संविधानमा केन्द्रित रही परिसंवाद कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रिय झण्डा लिएर क्रिकेटलगायतका दौड कार्यक्रम सञ्चालन गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ ।

असोज ३ गते संविधानका लागि आफ्नो जीवन उत्सर्ग गर्ने, शहीदप्रति उच्च सम्मान गर्ने कार्यक्रम गर्ने, प्रदेश तथा सबै स्थानीय तहले हातहातमा राष्ट्रिय झण्डा लिएर सम्बन्धित स्थानीय तहले तोकिएको ठाउँमा प्रभातफेरि कार्यक्रम गर्ने, वडा र नगरपालिकाले विभिन्न झाँकी र ¥याली प्रदर्शन गर्न मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्रसमेत गरेको हो ।

Skip This
Skip This
Logo