प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेत लामखुट्टे मार्ने औषधिसहितको गन बोकेर बस्ती बस्तीमा पुगेका छन् । सांसद बस्नेत मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीको बास्तुटोल र मनोहरा किनाराको सुकुम्बासी बस्तीमा पुगेका हुन् ।
हनुमन्ते सफाइ अभियानले भक्तपुरमा बुधबारबाट डेंगी सार्ने लामखुट्टे मार्ने अभियान सुरु गरेको हो । अभियानअन्तर्गत अभियानका सल्लाहकार एवं संरक्षकसमेत रहेका बस्नेत आफै औषधिसहितको गन बोकेर डेंगी सार्ने लामखुट्टे मार्ने अभियानमा जुटेका हुन् ।
मन्त्री बस्नेतले डेंगी रोगको प्रकोप फैलिँदै गएकाले नियन्त्रणका लागि आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । हनुमन्ते सफाइ अभियानको टोली सहभागी रहेको कार्यक्रममा अभियन्ता नरेश रञ्जितले जोखिम रहेको क्षेत्रमा माग भएअनुसार डेंगु नियन्त्रणको लागि लामखुट्टे मार्ने औषधिसहितको गन लिएर हनुमन्ते सफाइ अभियानको आपतकालीन टोली परिचालन हुने बताए ।
भक्तपुरमा अहिलेसम्म ९९ जनामा डेंगुको संक्रमण देखिएको छ ।





























प्रतिक्रिया