आज (मंगलबार) बिहानैदेखि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
देशका अधिकांश स्थानमा मेघ गर्जन/चट्याङका साथ वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै मध्य र पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ । अहिले मनसुन मध्य र पूर्वी सक्रिय तथा पश्चिमी क्षेत्रमा केही कम सक्रिय छ।
भोलि बुधबार देशभरि सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति देशभरि सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। पश्चिम र पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
भाद्र २६ गते बिहिबार देशभरि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। देशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति भने देशभरि सामान्य बदली रही केही स्थानहररूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। मध्य र पूर्वका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।





























प्रतिक्रिया