महोत्तरीमा एम्बुलेन्स पल्टिँदा एकजनाको मृत्यु भएको छ ।
महोत्तरीको बर्दिबास–३ मा बा २१ च ४४४१ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा ५० वर्षे तारा बादीको मृत्यु भएको हो। दुर्घटनामा तीनजना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका प्रहरी निरीक्षक प्रकाशबहादुर सिंहले घटनाको अनुसन्धान भइरहेको बताए ।





























प्रतिक्रिया