काठमाडौं,
छोरा कृष्ण प्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारवाही गर्न पटक पटक अनसन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीले आफु न्यायको लागि पुनः अनसन बस्ने बताएकी छिन् ।
उनले आफुलाई राज्यले आठ वर्षदेखि कैदीबन्दी जस्तै बनाएर राखेको आरोप लगाइन् । ‘आफु न्यायको लागि मिडियामा आउन खोज्दा विभिन्न बहानामा प्रतिवन्ध लगाउने काम भएको छ र पटक पटक पत्रकार भेट्न खोज्दा दिइएको छैन ।’
उनले भनिन् ‘बरु हतकडी लगाएर जेलमा लगेर राख तर यसरी बन्दी बनाएर नराख ।’ उनले आफुले नसके पनि छोराले न्याय खोज्छ भन्ने लागेको मा छोरालाई पनि राज्यले नियतवश कैदी बन्दी बनाएर राखेको आरोप लगाइन् । ‘मेरो छोरा कैदीबन्दी बनाएर राख्ने कुनै अपराध गरेको छैन तर राज्यले बन्दी बनाएर राखेको छ, हैरानी दिएको छ।’ अधिकारीले भनिन् ‘ राज्यले पीडामा मलम लगाउला भन्दा झनै पीडा थपेको छ।’
उनले आफुलाई राज्यले जवरजस्ती सुविधा दिएर फकाउन खोजेको भन्दै आफ्नोे माग पुरानै भएको र गंगामाया राज्यको सुविधा लिएर साइड लाग्छे भनेर नसोचे हुने बताइन्। ‘यदी त्यस्तोे सोचेको भए त्यो राज्यको भ्रम मात्र हो , मैले आठ वर्ष भयो अन्न नखाएर पानी पिठो खाएर न्याय मागेर बसेको मैले राज्यसँग न्याय मागेको हो सुविधा हैन।’ उनले राज्यले राहात र सुविधा दिने निर्णय गरेको आफुले थाहा पाएको तर आज सम्म आफुले त्यो सुविधा नलिइएको र कहिल्यै नलिने बताइन्।
नागरिकबाट































प्रतिक्रिया