काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी अक्टोबर १५ मा नेपाल आउने भएका छन् । लामो समयको प्रतिक्षापछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण आउने पक्का भएको हो । राष्ट्रपति सी नेपाल आउनुभन्दा अगाडि भारत जानेछन् । भारतको भ्रमण सकाएर ९ घण्टाका लागि नेपाल आउने भएका हुन् ।
चिनियाँ राष्ट्रपति अक्टोबर ११ मा पाँच दिने भ्रमणका लागि भारत जाँदैछन् । राष्ट्रपति सीको भ्रमणको तयारीका लागि सेप्टेम्बरमा चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि चिनियाँ प्रधानमन्त्री वेन जिया बाओ सन् २०१२ मा नेपाल आएका थिए । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकालमा उनी करीब ५ घण्टाका लागि काठमाडौं आएका थिए ।
सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपालको भ्रमण गरेका थिए । त्यसयता कुनै पनि चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गरेका छैनन् ।





























प्रतिक्रिया