यी हुन् एटिएमबाट करोडौं रकम निकाल्न खोज्ने चिनियाँ नागरिकहरु

यी हुन् एटिएमबाट करोडौं रकम निकाल्न खोज्ने चिनियाँ नागरिकहरु

केन्द्रबिन्दु
0
Shares

एटिएमको पिन नम्बर ह्याक गरेर रकम निकाल्ने योजनाका साथ नेपाल आएका ५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ। शनिबार मध्यरातमा दरबारमार्गस्थित नबिल बैंकको एटिएमबाट पैसा निकाल्दा निकाल्दै पक्राउ परेका उनीहरुलाई प्रहरीले आइतबार दिउँसो सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेहरुमा चिनियाँ नागरिकहरु लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ र चेन बिन बिन रहेका छन्। प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको बताएको छ।

उनीहरुले शनिवारसम्म १ करोड ३६ लाख रुपैयाँ बैकको एटिएमबाट निकालेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

Logo