सुर्खेत,
दैलेख लिने भन्दै ल्याएर वीरेन्द्रनगरमा छोडिएका एक सय चौपाया नेपालगञ्ज उपमहानगरपालिकाले फिर्ता लिएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार राति एक सय वटा गाई उपमहानगरपालिकाले फिर्ता लिएको हो ।
नेपालगञ्जको कान्जीहाउसबाट दैलेखको श्रीस्थान लैजान लागिएका २ सय ९१ गाई विहीबार राति वीरेन्द्रनगरको कटकुवा र धुलियाविट जंगलमा छोडिएका थिए । कटकुवामा १६ र धुलियाविटमा आठ वटा गाईहरु मृत भेटिएका थिए । ती मध्ये नौ वटा गाईहरुलाई कटकुवा नजिकैको सेल्फीडाँडाको भिरबाट खसालिएको थिए ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशीले वीरेन्द्रनगरका बिभिन्न ठाउँमा छोडिएका मध्ये एक सय गाई शुक्रबार राति आठ वटा ट्रकमा नेपालगञ्ज उपमहानगरपालिकाले फिर्ता लिएको जानकारी दिए ।
‘बाँकी चौपायाहरु पनि फिर्ता लिने प्रक्रिया सुरु भएको छ’ उनले भने, ‘जंगलमा छोडिएका चौपायाहरु प्रहरी र ट्राफिकले खोजेर पठाउने छ ।’ प्रहरीले पाँच वटा ट्रक र तिनका चालकलाई शुक्रबार पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
नागरिकबाट





























प्रतिक्रिया