सुर्खेत वीरेन्द्रनगरको सुब्बाकुनामा पनि ८ वटा गाई मृत फेला परेका छन् ।
वीरेन्द्रनगर नगरपालिकाका अनुगमन उपशाखाका प्रमुख यामलाल ढकालले गाईहरु मृत फेला परेको जानकारी दिए। यसअघि सुर्खेतको वीरेन्द्रनगरको कटकुवामा २३ वटा गाइृ मृत भेटिएका थिए । नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका दुई सय ९१ गाई मध्ये सुब्बाकुनामा पनि ८ वटा मृत गाई फेला परेको ढकालले बताए।
यसैबीच गाई ओसारपसार गर्ने पाँच वटा ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले चौपाया छोडेर बाँकेको नेपालगञ्जतर्फ फर्कँदै गरेका पाँच वटा ट्रक र चालकलाई बबईमा नियन्त्रणमा लिएको हो ।
गाईलाई भीरबाट खसालेर मारेको भन्दै यतिबेला सर्वत्र विरोध भइरहेको छ ।





























प्रतिक्रिया