काठमाडौँ,
काठमाडौँ महानगरपालिका वडा नं. ३० कार्यालयले चारखाल अड्डा भवनको एक भाग भत्काइदिएको छ । भवन जीर्ण भएर आफैँ भत्कन थालेपछि वडा कार्यालयले डिल्लीबजार सदरखोरका लागि सुरक्षा गरिरहेको अनाश्रित प्रहरी गुल्मका प्रहरीको सुरक्षार्थ भवन भत्काएको हो ।
वडाध्यक्ष दलबहादुर कार्कीले भवन आफैँ भत्केर गुल्मका प्रहरी दुर्घटनामा पर्नसक्ने भएपछि विभिन्न सरकारी कार्यालयको रोहवरमा भवन भत्काउनु परेको बताउनुभयो । करिब २० रोपनी जग्गा ओगटेको चारखालको चार रोपनी सदरखोर डिल्लीबजारले ओगटेको छ भने १३ रोपनी जग्गा सरकारले हुलाक कार्यालयको भवन निर्माणका लागि दिएको छ ।
सदरखोरका जेलर अरुण पोखरेलका अनुसार, भूकम्पले भत्काएको सदरखोर अड्डा भवनका केही भाग सवलीकरण गरिएको थियो । भूकम्पले जीर्ण बनाएको हुलाक र मालपोत कार्यालयतर्फको आवागमन भागसँग जोडिएको भवन अपर्झट छत भत्किएपछि सुरक्षाका दृष्टिकोणले त्यो भवनको जगैसम्म भत्काइएको हो ।
गोरखापत्रबाट





























प्रतिक्रिया