होन्डाको नयाँ बाइक सीबी ४०० एसएफ बजारमा आएको छ। कम्पनीले नाडा अटो शोमार्फत यो बाइक सार्वजनिक गरेको हो।
होन्डा सीबी४००एसएफमा ३९९ सीसीको लिक्विड कुल्ड, फोर स्ट्रोक, डीओएचसी फोर भल्व एफआई इन्जिन छ, जसले ५३ एचपीको पावर र ४०.१८ एनएमको टर्क जेनेरेट गर्छ । इन्जिनमा ६–स्पिड गियरबक्स समावेश गरिएको छ ।
बाइकमा हाई टेन्सन स्टिल क्र्याडल फ्रेमको प्रयोग गरिएको छ । यसको अघिल्लो भागमा सामान्य टेलिस्कोपिक फोर्क सस्पेन्सन र पछिल्लो भागमा सिंगल सक सस्पेन्सन छ । यसको अघिल्लो र पछिल्लो दुवै पांग्रामा डिस्क ब्रेक छ ।
होन्डा सीबी ४०० एसएफ बाइकमा १८ लिटरको इन्धन ट्यांकी छ । यो बाइक होन्डाकै सीबी १००० एसएफको रेट्रो डिजाइनबाट प्रभावित छ । यसमा सर्कुलर हेडल्याम्प, लामो सिट, रेट्रो कलर, क्रोम फिनिसिङ आदिको माध्यमबाट रेट्रो भाइब दिन खोजिएको छ ।
यो बाइकको मूल्य २२ लाख ७५ हजार रुपैयाँ छ ।





























प्रतिक्रिया