आजदेखि पशुपतिमा आरती अगाडि राष्ट्रिय गीत बजाइने

आजदेखि पशुपतिमा आरती अगाडि राष्ट्रिय गीत बजाइने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पशुपतिमा साँझपख हुने आरती भन्दा अगाडि राष्ट्रिय गीत बजाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको निर्देशनमा प्रत्येक दिन साँझ हुने आरती अगाडि राष्ट्रिय गीत बजाइने भएको हो ।

मन्त्री भट्टराईले पशुपति विकास कोषलाई साँझ हुने आरती अगाडि राष्ट्रिय गीत बजाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए । मन्त्री भट्टराईको निर्देशन अनुसार कोषले राष्ट्रिय गीत बजाउने व्यवस्था मिलाएको हो । आजै साँझ हुने आरती अगाडि राष्ट्रिय गीत बजाइनेछ ।

हिन्दुहरूका आरध्यदेव भगवान पशुपतिनाथमा हरेक साँझ विशेष प्रकारको आरती हुने गरेको छ । आरती हेर्ने संयौको संख्यामा स्वदेशी तथा विदेशी त्यस क्षेत्रमा भेला हुने गरेका छन् ।

उक्त आरती युट्युव मार्फत लाइभ समेत गरिने भएको छ । नवनियुक्त पर्यटनमन्त्री भट्टराईको एक वर्षे कार्ययोजनामा आरती लाइभ गर्ने घोषणा गरेका थिए ।

यसरी गरिन्छ पशुपतिमा गंगा आरतीः

Logo