‘राजनीतिको ढोकामा चुकुल मात्र लागेको हो, ताल्चा लागेको छैन’- रवि लामिछाने

‘राजनीतिको ढोकामा चुकुल मात्र लागेको हो, ताल्चा लागेको छैन’- रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

सञ्चारकर्मी रवि लामिछानेले आफ्नो राजनीतिक यात्राको ढोकामा चुकुल मात्रै लागेको तर ताल्चा नलागेको बताएका छन्।  पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रक्राउ परी सोमबार साँझ रिहा भएपछि मंगलबार बिहान चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिमा आउने संकेत व्यक्त गरेका हुन्।

सञ्चारकर्मीद्वय लामिछाने र युवराज कँडेलले आफूहरूप्रति शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै सदैब जनताको विषयमा कुरा उठाउने प्रतिबद्दता व्यक्त गरेका छन् ।

संचारकर्मी शालिकराम पुडासैनी मृत्यु प्रकरण सम्बन्धी दुरुत्साहन मुद्दामा हिजो जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने र कडेललाई क्रमशः पाँच र तीन लाख रुपैया धरौटीमा रिहा गरेको थियो । त्यसैगरी अस्मिता भनिने रुकु कार्कीलाई सामान्य तारेखमा छाड्न आदेश दिएको थियो ।

Skip This
Skip This
Logo