सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्छ- उमेशराज श्रेष्ठ (भिडियोसहित)

सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्छ- उमेशराज श्रेष्ठ (भिडियोसहित)


इलेक्ट्रिक भेहिकल एसोसिएसन नेपालका अध्यक्ष उमेशराज श्रेष्ठले सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्ने बताएका छन् ।

केन्द्रबिन्दु मिडियाले आयोजना गरेको १४ औँ नाडा अटो विशेष राउण्ड टेवलमा बोल्दै श्रेष्ठले सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको प्रयोग बढाउँन सके ४० प्रतिशत पेट्रोलियम पदार्थ आयातमा कमि आउने बताएका हुन्।   पछिल्लो समय विधुतीय सवारीसाधनको क्रेज बढेको बताउँदै श्रेष्ठले अब राजमार्गमा ‘इभिजोन’को विकास गर्नुपर्ने बताए।

पूर्वदेखि पश्चिमसम्म चार्जिङ स्टेशन, रेष्टुरेन्ट, मल तथा हरेक सय किलोमिटरकोे दूरीमा इभी जोनको विकास आवश्यक पर्ने श्रेष्ठको धारणा थियो । प्राधिकरणबाट इभी चार्जिङ स्टेशन बनाउने कुरा आउनु सकारात्मक भएको बताउँदै श्रेष्ठले पिक आवर तथा नर्मल आवरमा बिजुली खपतको अनुपात मिलाउन छुट्टै टाइम मिटरको आवश्यकता औँल्याए ।

श्रेष्ठले इलेक्ट्रिक भेहिकलको प्रवर्द्धनका लागि भौतिक संरचनाको विकास गर्नुपर्नेमा जोड दिए । यसका लागि प्रदेश सरकार, विद्युत प्राधिकरण आदि सबैको समन्वय आवश्यक हुने कुरामा उनको जोड थियो ।

थप भिडियोमा

 

Logo