भक्तपुर नगरपालिकाको हस्तक्षेपपछि क्यान्सर अस्पतालमा थप बिवाद चर्कंदै

भक्तपुर नगरपालिकाको हस्तक्षेपपछि क्यान्सर अस्पतालमा थप बिवाद चर्कंदै

केन्द्रबिन्दु
0
Shares

भक्तपुर,

दातृ निकाय र व्यक्ति व्यक्तिको सहयोगमा संचालन हुदै आएको भक्तपुर क्यान्सर अस्पतालमा व्यापक अनियमितता भएको गुनासो बढेकोे भन्दै भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पताल व्यबस्थापन समिति खारेज गर्दै एक पक्षीय रुपमा नयाँ समिति गठन गरेपछि थप बिवाद सिर्जना भएको छ ।

नयाँ बिवादसँगै दुई खाले अतिवादले अस्पतालको भबिष्यसमेत संकटमा पर्न थालेको भन्दै सरोकारवालाले चिन्ता ब्यक्त गरेका छन् । उनीहरुले पहिलो समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ ईश्वर र महासचिव विमल कुमार होडाको मिलेमतोमा भएको कदमले र अहिले भनपा प्रमुख सुनिल प्रजापति नेतृत्वको हस्तक्षेपले अस्पतालको भबिष्य संकटमा पर्न थालेको भन्दै चिन्ता प्रकट गरेका छन् ।

प्रमुख प्रजापतिले एका दुई संचारमाध्यममा अनियमितताको समाचार आएको निहुँमा अस्पतालमा हस्तक्षेप गर्नु अतिवाद भएको भन्दै अस्पतालको भबिष्यका लागि सर्वपक्षीय र सर्वपक्षीय समिति गठन गरि अनियमितता बारे छानविन गर्नुपर्ने र दोषी देखिए जो सुकै होस् कारवाही गर्नु पर्ने माग गरेका छन् ।

भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिले अस्पतालमा भक्तपुर नगरपालिकाले गरेको हस्तक्षेप अवैधानिक भएको दावी गरेको छ । ‘भक्तपुर क्यान्सर अस्पताल गैरसरकारी, गैरनाफामूलक सामुदायिक अस्पताल हो’, व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ ईश्वरले भन्नुभयो, ‘अस्पताल स्वायत्त संस्था हो । त्यसैले भक्तपुर नपाको हस्तक्षेप अवैधानिक छ । उक्त अवैधानिक कदमविरुद्ध हामी अदालत जान्छौं ।’ उहाँले भ्रष्टचार प्रमाणित गर्नलाई भनपा, अख्तियार दुरुपयोग अनुसन्धान केन्द्र र सतर्कता केन्द्र नभएको बताउनुभयो । समितिले अदालत जानका लागि कानुन बिद्हरुसँग राय समेत लिईरहेको छ ।

उनीहरुले अस्पतालमा भएको हस्तक्षेपबारे संसदमा बोलिदिन सांसद प्रकाशमान सिंह, गगन थापा र महेश बस्नेत लगायतका नेतासँग समेत छलफल गरेका छन् ।
नेपाल समाचारपत्रबाट

Logo