अवरुद्ध पूर्व पश्चिम राजमार्ग एकतर्फी सुचारु

अवरुद्ध पूर्व पश्चिम राजमार्ग एकतर्फी सुचारु

केन्द्रबिन्दु
0
Shares

नवलपरासी,

बुटबल नारायणगढ सडकखण्ड अन्तर्गत अरुणखोलामा आएको बाढीले अबरुद्ध बनेको यातायात सेवा एक तर्फी रुपमा सुचारु भएको छ । आईतबार साँझ ६ बजे खोलामा एकाएक बाढी आई डाईभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्गमा यातायात ठप्प भएको थियो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटका अनुसार सोमबार दिनभर डाईभर्सन बनाई बेलुका सवा चार बजेबाट एक तर्फी रुपमा अबरुद्ध बाटो खुलेको हो । खोलाले डाईभर्सन बगाउदा पूर्व पश्चिमको गन्तब्यमा हिडेका मालबाहक ट्रक, लामो दुरीका यात्रुबस र जीप कारका यात्रुहरुले करिव २२ घण्टा सडकमै बस्नु परेको स्थानीय जाबेद अन्सारीले बताए ।

सोमबार दिउसो पनि डाईभर्सन बनाउदा बनाउदै खोलामा बाढी आएको र डाइभर्सनमा विछाएको माटो खोलाको बाढीले बगाएको थियो । गत बुधबार विहान पूर्वबाट पश्चिम हिडेको मालबाहक ट्रकले अरुणखोलाको पुल भाचेपछि अस्थाई रुपमा खोलामा डाईभर्सन बनाई कामचलाउ रुपमा यातायात सुचार भएको थियो ।

यसै वीच शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भाचिएको अरुणखोला पुलको निरिक्षण गरी तत्काल पुल मर्मत गर्न सडक डिभिजनलाई निर्देशन दिनुभएको थियो ।सडक डिभिजन कार्यालय बुटबलले शनिबार देखिनै पुल मर्मतको कार्य थालनी गरेको छ । पुल मर्मतमा सरिक एक प्राविधिकका अनुसार दुई तिन दिन भित्र निर्माण सकिने छ ।

सडक डिभिजनको सल्लाह अनुसार प्रहरीले पुलको एकतर्फी भागबाट एम्वुलेन्स, अत्यावश्यक साना सवारी साधन, मोटर साईकल र पैदल यात्रीलाई मात्र हिड्न दिएको छ । पुल भाचिएका कारण समय समयमा यातायात ठप्प हुदा यात्रुहरु अलपत्रमा पर्ने गरेका छन् ।

Logo