नेकपाको निर्देशन: ‘रवि समर्थकको प्रदर्शनमा सहभागी नहुनु’

नेकपाको निर्देशन: ‘रवि समर्थकको प्रदर्शनमा सहभागी नहुनु’

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले प्रहरी नियन्त्रणमा रहेका पत्रकार रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनमा नजान आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।

सोमबार जारी प्रेस विज्ञप्तिमा आन्दोलन र अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदर्शनमा पार्टी नेतृत्वको नाम नै किटान गरि भएका नाराबाजी हुनु ‘धमिलो पानीमा माछा मार्ने चलखेल’ भएको उल्लेख गरिएको छ ।

‘सबै घटनालाई लिएर हाम्रो पार्टीको नेतृत्वविरूद्ध नामै किटेर गरिएको नाराबाजी तथा प्रतिक्रियावादीहरूलाई बढावा दिनेगरी भएको धमिलो पानीमा माछा मार्ने चलखेल नेकपा चितवनलाई स्वीकार्य छैन’ विज्ञप्तिमा उल्लेख छ।

पत्रकार पुडासैनी साउन २० गते चितवनको नारायणगढस्थित पोखरा बसपार्कको होटल कंगारुमा झुन्डिएको अवस्थामा फेला परेका थिए । घटनाको छानविन गर्दा लामिछानेसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Logo