दिनहुँ प्रर्दशन र नारावाजी हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणका विषयमा विभिन्न समूहले आन्दोलन गर्न थालेपछि दैनिक क्रियाकलाप असहज बनेको भन्दै प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो । चितवनका प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्लले आजदेखि जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको जानकारी दिए । ‘आन्दोलनले यहाको दैनिक प्रशासनिक कामकाज नै प्रभावित बनायो त्यसैले सुरक्षा व्यवस्था कडा पारेका हौ।’ उनले भने।
पत्रकार पुडासैनी गत साउन २० गते चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका थिए । घटनाको अनुसन्धानका लागि पत्रकारहरु रवि लामिछानेसहितलाई पक्राउ गरेपछि उनका समर्थकहरुले विगत ४ दिनदेखि लगातार प्रदर्शन गर्दै आएका छन्। उनीहरुमाथि ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको छ ।
यो पनि
रवि लामिछानेको पक्षमा आएकालाई भेडा भनेको होइन : करिष्मा मानन्धर (भिडियो सहित)
शालिकरामको भिडियो सार्वजनिक गर्ने प्रेस काउन्सिलका अध्यक्ष श्रेष्ठको स्पष्टिकरण
संसदमा पुडासैनी र रवि लामिछाने प्रकरण उठ्यो, अधिकांश सांसद रविको विरुद्धमा
रवि लामिछानेसहित ३ जनाविरुद्ध परिवारको जाहेरी
छायाँ सरकारका गृहमन्त्री र रवि लामिछानेबीच भेट
रवि लामिछानेको समर्थनमा माइतीघरमा प्रदर्शन, एसपीलाई वर्खास्त गर्न माग
रवि लामिछानेविरुद्धको भिडियो नै विरोधाभासपूर्ण- परराष्ट्रमन्त्री ज्ञवाली





























प्रतिक्रिया