चार लेनको सडकमा दुई लेनको पुल, सडकभरि खाल्टैखाल्टा

चार लेनको सडकमा दुई लेनको पुल, सडकभरि खाल्टैखाल्टा


पोखरा,
पोखरा महानगरपालिकाका मुख्य सडकमा खाल्टाखुल्टी बढेको छन् । पोखराको मुख्य सडक जिरोकिलो मिटरदेखि लेकसाइड हल्लन चोकसम्म सय बढी खाल्टाखुल्टी परेका छन् ।

यस्तै पोखरा जिरोकिलो मिटर विन्ध्यवासिनी मन्दिर खण्डको फिर्के खोला पुलको बिच सडकमै खाल्टा हुँदा सवारी चालकलाई समस्या परेको छ । यो सडक खण्ड चार लेनको हो । तर फिर्के पुल दुई लेनको मात्र हुँदा यस क्षेत्रमा धेरै दुर्घटना पनि हुने गरेका छन् । यसैमा पनि पुलको बिचमै खाल्टा हुँदा झन धेरै समस्या पर्ने गरेको नागरिक समाज पोखराका संयोजक विष्णुहरि अधिकारीले बताए ।

पोखरा महानगरका भित्री सडकमा पनि खाल्टै खाल्टा छन् । सडक बनाउँदा गुणस्तरीय नहुने, सडक बनाएको केही महिनामै भत्कने, ४ इन्चको थिकनेस मात्रै भित्री गल्लीका सडक हुँदा ठूला गाडी चल्दा भत्कने समस्या रहेको उनले बताए । फुटपाथ बिनाको सडक समेत बन्दा फुटपाथमा हिँड्ने पैदल यात्रु मर्कामा परेका छन् उनले भने ।

पुलको बिचमा खाल्टो पर्दा ठूला सवारी साधनको टायर खाल्टामा परेर झड्का दिँदा पुलमा समेत असर गर्ने इन्जिनियर बताउँछन्। पोखराका अन्य मुख्य सडकहरूको हालत पनि उस्तै रहेको अधिकारीले बताए । पोखरा महानगरपलिकाका मेयर मानबहादुर जिसीले चुनाव जितेर आएपछि अब महानगरपालिकाका सडकका खाल्टाका कारण सवारी चालकले दुःख पाउनु नपर्ने बताएका थिए । खाल्टाखुल्टी भएको २४ घण्टामै पुरिने पनि उनले सुनाएका थिए ।
अन्नपूर्णबाट

Logo