करेन्ट लागेर २ जनाको मृत्यु, १ घाइते

करेन्ट लागेर २ जनाको मृत्यु, १ घाइते

केन्द्रबिन्दु
0
Shares

पर्वत,

पर्वतको महाशिला गाउँपालिका ४ पाखापानीमा करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ । शुक्रबार विहान १० बजेको समयमा विद्युत पोल गाड्ने क्रममा करेण्ट प्रवाह हुँदा सोही स्थानका २७ बर्षिय केशबहादुर क्षेत्री र ३० बर्षिय सुरेन्द्र बहादुर क्षेत्रीको घटनास्थलमा नै मृत्यु भएको हो भने स्थानीय युवा भरत क्षेत्री घाइते भएका छन् ।

महाशिला गाउँपालिका ४ पाखापानीमा काठको पोल विस्थापित गरी फलामे पोल गाड्ने क्रममा उनीहरुलाई करेण्ट लागेको हो । महाशिला गाउँपालिकाका प्रबक्ता जीवन ठकुरीले दिएको जानकारी अनुसार फलामे पोल गाड्ने क्रममा विद्युत प्रवाह भइरहेको लाइन पोलले छोएपछि उनीहरुलाई करेण्ट लागेको हो । सुरेन्द्र र केशबहादुर क्षेत्रीको घटनास्थलमा नै मृत्यु भएको थियो भने घाइते भरत क्षेत्रीलाई उपचारका लागि लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ ।

पाखापानी सामुदायिक विद्युत उपभोक्ता समिति मार्फत युवाहरु पोल गाड्ने काममा सक्रिय भएका थिए । महाशिला गाउँपालिकाले पछिल्लो समयमा गाउँपालिकाका सवै काठका पोलहरु हटाएर फलामे पोल युक्त गाउँपालिका बनाउने अभियान सञ्चालन गरेको थियो ।
नेपाल समाचारपत्रबाट

Logo