हिरो नेपालको खोजी शुरु, विजेतालाई १० लाख पुरस्कार

हिरो नेपालको खोजी शुरु, विजेतालाई १० लाख पुरस्कार

केन्द्रबिन्दु
0
Shares

स्वदेश तथा बिदेशमा रहेका नेपाली तथा नेपालमा नै भएका विदेशीहरुको लुकेको प्रतिभालाई उजागर गर्ने उद्धेश्यले ‘हिरो नेपाल’ को खोजी शुरु भएको छ।

एक्टिभ प्रडक्सन एण्ड मिडिया प्रालिको आयोजनामा हुन लागेको यो टेलिभिजन शोमा जुनसुकै उमेर समुहका क्षमतावान प्रतिभाशाली  व्यक्तिहरुले प्रतिभा प्रस्तुत गर्न पाइने आयोजकले जनाएको छ । यस कार्यक्रममा सहभागी भइ विभिन्न जातजातिले आफ्नो कला तथा सस्कृतिलाई पनि प्रस्तुत गरेर प्रवर्द्धन गर्न सकिन्छ ।

हिरो नेपालमा एकल, जोडी तथा समूह आएर भाग लिन पाउने प्रावधान राखेको छ।  ती प्रतिभावानहरुको प्रतिभाको नेपालका ख्यातिप्राप्त १२ जना निर्णायकहरुले निर्णय गरी विजेता छनौट गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमा श्रेष्ठले जानकारी दिईन्।

हिरो नेपालमा प्रथम हुनेलाई १० लाख रुपैयाँ, द्वितीय हुनेलाई ८ लाख रुपैयाँ र तेश्रो हुनेलाई नगद ६ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने छ  । त्यस्तै उत्कृष्ट १० जनालाई आकर्षक बिग गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।

अडिसनमा भाग लिन आयोजकको वेबसाइट www.heronepal.com मा लग इन गरेर एप्लाई गर्न सकिन्छ। यसका साथै हिरो नेपालको एप डाउनलोड गरेर पनि रजिस्ट्रेसन गर्न सकिने आयोजकले जनाएको छ ।

Logo