भिसा विवादमा तानिएपछि अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई फेरि बोलाएको छ । दूतावासबाट फोन आएपछि सन्दीप फेरि दूतावास पुगेका छन्। अहिले उनी दूतावासमै छन् ।
मंगलबार बिहान अन्तर्वार्ताका लागि पुगेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। त्यसपछि आफू चकित परेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित अमेरिकी राजदूत र दूतावासलाई मेन्सन गरेर ट्विट गरेका थिए ।
सन्दीपले ट्वीट गर्दै सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएपछि क्यारेबियन प्रिमियर लिग खेल्न जान गाह्रो भएको उल्लेख गरेका थिए ।
Today I visited @USEmbassyNepal to get the visa of USA for the upcoming @CPL 2019 tournament. Being a National Cricket Player representing my country in the various leagues since 2016 around the world, i got big surprise to see my visa got rejected. @PM_Nepal @USAmbNepal
— Sandeep Lamichhane (@IamSandeep25) August 13, 2019





























प्रतिक्रिया