नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलिया पक्राउ परेका छन् । प्रहरीले उनलाई शनिबार बागबजारबाट पक्राउ गरेको हो।
थपलियाले विप्लवका नेता माइला लामा पक्राउ परेपछि त्यसको विरोधमा विज्ञप्ति नै निकालेका थिए। त्यसपछि उनलाई प्रहरीले निशाना बनाएको थियो। थपलिया लेखक तथा पत्रकार हुन्।
उनको जलजला मासिकको कार्यालयमा रहेका कम्प्युटर र कागजातसमेत नियन्त्रणमा लिएको छ।





























प्रतिक्रिया