काठमाडौंको स्वयम्भूमा प्रहरीले गोली चलायो, १ जना घाइते

काठमाडौंको स्वयम्भूमा प्रहरीले गोली चलायो, १ जना घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । स्वयम्भूमा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् । महानगरीय अपराध महाशाखा काठमाडौबाट खटिएको प्रहरी टोलीले चलाएको गोली लागेर रामेछापका लोप्साङ भनिने विजय लामा घाइते भएको अपराध महाशाखाका प्रवक्ता एसपी केदार ढकालले जानकारी दिए ।

उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि दुई राउन्ड गोली चलाउनु परेको एसपी ढकालको भनाई छ । स्वयम्भूको विजेश्वरी हाउजिङ नजिकै गोली चलेको हो ।

आफ्नै काममा रहेको अपराध महाशाखाको टोलीमाथि लामाले आक्रमणको प्रयास गर्दा जवाफी कारवाही गरिएको एसपी ढकालले बताए । उनको घुँडामुनी गोली लागेको छ ।

रामेछाप तथा काठमाडौंमा लुटपाट तथा चोरी डकैती जस्ता अपराधमा संलग्न रहेका उनी प्रहरीको आँखा छल्दै काठमाडौंमा बसिरहेका थिए ।

Logo