त्रिशुली बस दुर्घटना: ३ जनाको सनाखत, १६ को उद्धार (नामावलीसहित)

त्रिशुली बस दुर्घटना: ३ जनाको सनाखत, १६ को उद्धार (नामावलीसहित)

केन्द्रबिन्दु
0
Shares

शुक्रबार बिहान त्रिशुलीमा बस दुर्घटना हुँदा मृत्यु हुने ३ जनाको पहिचान भएको छ । दुर्घटनामा परी सर्लाही ब्रहम्पुरी गाउँपालिका-४ का राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार, भतिजा सौरव रौनियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलबाट १६ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । बसमा सवार हुनेहरुमा विष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष राय दुई जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रवि कुमार तीन जना, भारत मुज्जफरपुरका आशिष कुमार दुई जना, मलङ्गवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारतका अररियाका दिलीप दास तीन जना, ब्रहम्पुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियार, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह (वकिल), अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलङ्गवा गणेशियाका भाग्यनारायण महतो तीन जना, भारतका लरकवाका रामबाबु यादव तीन जना, भारतका कुवारीका अजय ठाकुर दुई जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी, अमित लामा छन् । त्यस्तै बस चालक लक्ष्मण जमरकट्टेल, सहचालक प्रमोद चौधरी, कन्डक्टर ऋषि उप्रेती छन् ।

उद्धार गरिएकाहरुमा १६  जनामा भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल रहेका छन् ।

सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको ना ६ ख ७४६९ सृष्टि डिलक्स बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशुली नदीमा खसेको थियो ।

Skip This
Skip This
Logo