काठमाडौं,
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ३ सलाङघाटबाट त्रिशूली नदीमा बस खस्दा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेका १२ जनाको भने उद्धार गरिएको छ ।
सर्लाहीको मलंगवाबाट काठमाडौंका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस आज बिहान ३ बजे त्रिशूली नदीमा खसेको हो । अहिले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । बसमा ४० जनाभन्दा धेरै यात्री रहेको अनुमान गरिएको छ ।
त्रिशूलीमा खसेको बसको आधा भाग मात्रै देखिएको छ । घाइतेलाई उपचारका लागि मलेखु सामुदायिक अस्पताल र गजुरी स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानियवासीले उद्धारको काम गरिरहेका छन् । थप विवरण आउन बाँकी रहेको छ ।





























प्रतिक्रिया