नेपालको पासपोर्ट विश्वमै ८१ औं शक्तिशाली

नेपालको पासपोर्ट विश्वमै ८१ औं शक्तिशाली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
विश्वव्यापी नागरिकता र आवास सम्बन्धि सल्लाहकार फर्महरु आर्टन क्यापिटल्स ग्लोबल पासपोर्ट पावर र्यांक २०१९, हेन्ली एन्ड पार्टनर्सको २०१९ र हेन्ली पासपोर्ट इन्डेक्सका अनुसार विश्वव्यापी शक्तिशाली पासपोर्टको सूचीमा नेपालको पासपोर्ट ८१ औं शक्तिशाली भएको छ । सूचीमा ९३ सम्म समावेश गरिएको छ ।

विश्वकै शक्तिशाली पासपोर्टमा अमेरिकी र युरोपेली पासपोर्ट परेका छैनन् । पहिलो शक्तिशाली पासपोर्टमा सिंगापुर, जापान र संयुक्त अरब इमिरेट्सको रहेको छ । हेन्ली पासपोर्ट इन्डेक्समा सिंगापुर र जापान दुवै परेका छन् भने आर्टन क्यापिटल पासपोर्ट इन्डेक्सको वर्गिकरणमा सबैभन्दा शक्तिशालीमा संयुक्त अरब इमिरेट्स पनि थपिएको छ ।

हेन्लीले सिंगापुर र जापानलाई १८९ अंक दिएको छ । यो अंकले भिसाका लागि आवेदन नदिइकन पनि भ्रमण गर्न पाउने मुलुक र गन्तव्यको संख्याको प्रतिनिधित्व गर्छ । आर्टन क्यापिटलको पासपोर्ट सूचीले यूएईका नागरिकलाई १७५ मुलुकमा आवतजावतको अधिकार भएको उल्लेख गरेको छ । यो सूचीमा सबैभन्दा बढी हो ।
एजेन्सी

Logo