सुबिसुको सेवा आज साँझबाट सुचारु हुने

सुबिसुको सेवा आज साँझबाट सुचारु हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

आगलागीका कारण अवरुद्ध सुबिसुको सेवा बिहीबार (आज) साँझबाट सुचारु हुने भएको छ । बुधबार दिउँसो भिषण आगलागी हुँदा निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको सेवा अवरुद्ध भएको थियो ।

बालुवाटारस्थ्ति सुबिसुको केन्द्रीय कार्यालयमा आगलागी हुँदा ठूलो भौतिक क्षति भएको हो । आगलागीका कारण बालुवाटारबाट सेवा लिएका १० प्रतिशत इन्टरनेट सेवाग्राही प्रभावित भएको सुबिसु केवल नेट प्रालिका अध्यक्ष सुधीर पराजुलीले बताए ।

उनका अनुसार इन्टरनेटको सबै सर्भर तथा डाटा सेन्टरको ९० प्रतिशत सञ्चालन थापाथलीबाट हुने गरेकाले बालुवाटारको सेवा अवरुद्ध हुँदा जम्मा १० प्रतिशत मात्रै हाम्रा इन्टरनेट सेवाग्राही प्रभावित भएका छन् ।

पराजुलीले भने, ‘हाम्रो थापाथलीको डाटा सेन्टर चलेको छ। यसैबाट अधिकांश सेवाग्राहीलाई सुविधा दिएका छौं। बालुवाटारबाट दिइएको सेवामा अहिले करिब पाँच हजार ग्राहक मात्रै प्रभावित भएका छन् ।’
अन्नपूर्णबाट

Logo